Wednesday, February 13, 2008

ज्याल्सा गोम्पा छोकपा (सस्था)को बैठक सम्पन्न











ज्याल्सा गोम्पा छोकपा (सस्था)को बैठक सम्पन्न मिति २०६४ मङ्सिर् १७ का दिन काठमान्डौ बौद्ध चुच्चेपाटिस्थित् डल्फिन् केफेमा ज्याल्सा गोम्पाको प्रमुखलामा श्री आङ् बाबु लामाको सभापतित्वमा हालै दोस्रो बैठक सम्पन्न भएको छ। सस्थाको पदाधिकारिहरुको उल्लेखेनिय उपास्थिति रहेको उक्त बैठकमा सताब्दीऔ अघाडिबाट सोलुखुम्बु लगायत बिशेस् गरि पुर्वि जिल्लाहरुको बौद्ध अनुयायिहरुलाई निरन्तर रुपमा बौद्ध दर्शन र शिक्षा प्रदान गर्दै आएका बिशेष महत्व् र मौलिकत बोकेको 'ज्याल्सा गोम्पा'मा अध्यनरत बिधार्थिहरुको शिक्षा र अवासलाई अझ ब्यवसथित् तरिकाले निरन्तरता दिनको लागी सास्थागत् रुपमा कोषको ब्यवसथा गरि बिधार्थिहरुको अध्यन, अध्यापन् , अवास तथा गोम्पा र अवासभवनको मर्मत् सम्भर गरि निरन्तर गर्ने बिषयमा बिशेष छल्फल भयो। करिव दुई दशक अघाडिदेखिनै निरन्तर बार्षिक रुपमा गुरु पद्म सम्भवाको आठ रुप धारणाको देव नाच(गुरु छ्याम ग्यात्) समेत प्रदर्शन गर्दै आएका यस गोम्पामा करिव तिन् सय भिक्षु
भिक्षुणिहरुकोलागी सुबिधा सम्पन्न आवस को ब्यवस्था रहेको छ। हालसम्म प्रमुख लामा स्वयमकै अघुवाईमा बिधार्थिहरुलाई निशुल्क आवस र शिक्षा दिदै आउनु भएको र सल्लेरि निवासी हाल अमेरिकामा बसोबास गर्नु हुने श्री आङ् नुरु शेर्पा तथा अमेरिकी साथिहरुको सहायोगमा गोम्पाको बिधार्थिहरुलाई लत्त कपडाको साथै बार्षिक केहि रकम आर्थिक सहायोग भए ता पनि समय अनुसार बजारभाउ को असन्तुलनले गर्दा निरन्तर् अध्यपनमा केहि कटिनाई महशुस् भएकोले सास्थाको पदाधिकारीहरुको अघुवाईमा एक आर्थिक सङ्कलन टोलि समेत गठन भै आर्थिक सङ्कलन गर्ने समेत् निर्णय भयो। (घेवा,ज्यिन्व)दान, दक्षिणा जस्तो पुण्यकार्य गरि बौध दर्शन् र अध्यान जस्तो महत्व् पुण्यकार्यमा सघाउ पुर्याउना देश् बिदेशमा छरिएर रहेको सम्पुर्ण शेर्पा दाजु भाई दिदिबहिनीहरु तथा सम्बन्धित् ब्यक्ति तथा सङ्घ् सास्थाहरुलाई पनि आफ्नो गक्ष अनुसार सहायोग गरि दिन हुन अनुरोध गर्नु हुन्दै आर्थिक सङ्कलन समितिद्वारा सबैमा हार्दिक अनुरोध गर्नु भएको छ। सभापतिको आसनबाट बोल्नु हुन्दै प्रमुख लामा ज्यु बाट गोम्पाको बिगत् देखि बर्तमान सम्ममाको समिक्ष सहित चर्चा गर्नु हुदै उपस्थित् सबैलाई खता लागाई दिनु भै अर्को बैठाकमा पुन: भेट्ने बाचा सहित धन्याबाद दिनु भएको थियो।स्मरण रहोस,छुटै ईतिहास र सोलुखुम्बुकै गोम्पा मध्य एक मार्यदित अनुशासित र छुट्टै पहिचान रहेको 'ज्यल्सा' (जे-सा-ईन्द्रेणि को भुमि) मा रहेको यस गोम्पामा सोलुखुम्बु जिल्लको लगायत सतपर्तिशत जस्तै खोटाङ्ग्,भोज्पुर र सङ्खुवासभा जिल्लाका अधिकान्स ले बिगत शताब्धिऔ देखि यसै गोम्पामा बौद्ध शिक्षा लिन्दै आएका छन। हालको प्रमुख लामा ज्यु को पुज्यणिय पिता स्वा लामा ङावाङ्ग् श्यारप रिन्पोछ्य को पालामा उपरोक्त जिल्लको अनुयायीहरुले स्वर्णयुग जस्तो रहेको महशुस् गरेको पाईन्छ। स्वा लामाको अवातर हाल भारतको देहरदुनमा बौध दर्षन सम्बन्धि उच्च शिक्षा हासिल गर्दै हुनु हुन्छ। More photos....

No comments:

Blog Archive