Wednesday, February 13, 2008

ज्यल्सा छे-च्यु छोकपा को नियमित छे च्यु पुजा सम्पन्न।

अनलाईन समचारदाता (छिरिङ तेन्जिङ शेर्पा -कुरिमा)
जनवरि २३-२००८गुरु पद्म सम्भव जन्मेको दिन पारी प्रत्येक महिनाको दशमी तिथिको दिन बौद्ध धर्मवालम्बिहरुले मान्दै आएको छे च्यु पुजा अर्थात दशमि पुजा हालै काठमाण्डौ स्थित् महङ्काल पानी ट्याङ्किस्थित् 'ज्याल्सा छे च्यु' छोकपा'को कार्यलयमा सम्पन्न भएको छ। सोलुखुम्बु सल्लेरी गा बि स ज्याल्सा गोम्पाको प्रमुख लामा श्रीमान आङ् बाबु लामा(शेर्पा)को अघुवाईमा भएको उक्त पुजामा प्रमुख लामा गुरुज्यु द्वारा उपास्थित् सबैलाई 'छे ओङ्' दिर्धायुको अभिशेक पनि प्रदान गर्नु भयो। उक्त कार्यक्रममा सयौ भक्तजनहरुको उल्लेखनिय उपास्थिति रहेको थियो। द्शमी तिथिकै दिन समपन्न हुनु पर्ने यो पुजा लामा गुरु हरु बिस्व शान्ति पुजा बुद्ध गयामा भाग लिन गएको कारणले आज पुर्णिमाको दिन गरेको कार्यक्रमको आयोजक ङावाङ्ग् सोनाम शेर्पा (कुरिमा) ले बताए । यसै गरि नियमित छे-च्यु पुजा गर्ने क्रम्मा अर्को महिनाको छे-च्यु पालो लहाक्पा शेर्पा (कुरिमा-चित्रे) र पासाङ शेर्पा (सोताङ्ग्-धोत्रे) का रहेका छोकपा प्रतिनिधिले शेर्पा वर्ल्ड डट कमलाई जनकारी गराए।यसै गरि नियमित छे-च्यु पुजा गर्ने क्रम्मा अर्को महिनाको छे-च्यु पालो लहाक्पा शेर्पा (कुरिमा-चित्रे) र पासाङ शेर्पा (सोताङ्ग्-धोत्रे) का रहेका छोकपा प्रतिनिधिले शेर्पा वर्ल्ड डट कमलाई जनकारी गराए। गुरु रिन्पोछ्यले भन्नु भएको छ, दशमी तिथिको दिन एक 'कोङ्बु' छ्योमिन् द्वीप बाली गुरु पद्म सम्भवको स्मरण् मात्र गरेमा जहां बाट भए पनि उक्त स्थानमा गुरु पद्म सम्भवको आगमान हुने धार्मिक बिस्वास्को आधारले ने नेपालको अधिकांस् हिमाली भेग, तिब्बत् र बिशेश् गरि भुटानमा यो पुजा बेशेश महत्वको साथ गरिन्छ।
स्मरण रहोस,छुटै ईतिहास र सोलुखुम्बुकै गोम्पा मध्य एक मार्यदित अनुशासित र छुट्टै पहिचान रहेको (ज्यल्सा) 'जे-सा-ईन्द्रेणि को भुमि' मा रहेको यस गोम्पामा सोलुखुम्बु जिल्लको लगायत सतपर्तिशत जस्तै खोटाङ्ग्,भोज्पुर र सङ्खुवासभा जिल्लाका अधिकान्स ले बिगत शताब्धिऔ देखि यसै गोम्पामा बौद्ध शिक्षा लिन्दै आएका छन। हालको प्रमुख लामा ज्यु को पुज्यणिय पिता स्वा लामा ङावाङ्ग् श्यारप रिन्पोछ्य को पालामा उपरोक्त जिल्लको अनुयायीहरुले स्वर्णयुग जस्तो रहेको महशुस् गरेको पाईन्छ। स्वा लामाको अवातर हाल भारतको देहरदुनमा बौध दर्षन सम्बन्धि उच्च शिक्षा हासिल गर्दै हुनु हुन्छ।
'झ-स छे च्यु छोकपाको थप जानकारीको लागी छोक्पाको आफ्नै छुट्टै वेब साईट http://www.monastry.blogspot.com/ बाट बिस्त्रित जानकारी लिन सक्नु हुनेछ।

No comments:

Blog Archive