Sunday, February 17, 2008

छे - च्यु






























छिरिङ तेन्जिङ शेर्पा
काठमाण्डौ फाल्गुन ४ गते तदानुसार फेब्रुअरि १६,( पे घ्यल-लो २१३५, धावा ताङ्बो छे च्यु) का दिन काठमाणडौ महंकाल पानी ट्यांकि स्थित 'झ-स छे - च्यु छोकपा' को कार्यलयमा छे च्यु पुजा सम्पन्न भएको छ। गुरु पदम सम्भवाको जन्म जयन्ति स्वरुप ङिङमा बौद्ध धर्मवालम्विहरुले प्रत्येक लुनार महिनाको दशमी तिथीका दिन गांउ गांउ टोल टोलका गोम्पाहरुमा उक्त पुजा आरधना गरिन्छ। नियमित पुजा अन्तर्गत आजको छे-च्यु पुजाको साथै हाल भारतको देहरादुन स्थित् एक प्रतिष्ठित बौद्ध गोम्पामा गत शनिबार फेब्रुअरि ९ का दिन मात्र देहावसन हुनु भएका वरिष्ठा ङिङमा धर्म गुरु अवातरी लामा क्यब्जे मिन्लिङ् ठिछ्येन् रिन्पोछ्ये ज्युको सप्ततहा पुजा (दिनजिन ताङबो) पनि गरिएको छ। रिन्पोछ्यको तस्बिर अघाडि धुप बत्ति बाली उपास्थित लामा गुरुहरुद्वारा रिन्पोछ्यको स्मरण गर्दै चांढै नै यस लोकमा पुन राम्रो रुपमा पुनर्जन्म भै दर्शन गर्न पाउ भन्ने भावना गर्दै 'दिन्-जिन ताङ्ग्बो' पुजा तथा छ्यक छ्योम्बुल सम्पन्न भएको छ। बौद्ध परम्परामा मानव निधान भएको दिन देखि प्रत्येक हप्ता लगातार सात हप्ता सम्मा हप्ता हप्तामा गरिने पुजा कर्यलाई सप्ताह 'दिन्-जिन्' पुजाको रुपमा गरिन्छ। प्रमुख लामा श्रीमान आङ बाबु लामज्यु ज्युद्वारा निधान हुनु भएका रिन्पोछ्यको बारेमा चर्च गर्नु हुन्दै सबै जनाले बज्रगुरुर मनिङ् जप गर्दै गोम्पा तथा घर घरमा छ्योमिन द्विप प्रज्वलन गर्ने सुझाव दिनु भयो।सधा झै सयौको सङ्ख्यामा छेच्यु पुजामा भेला हुनु भएका भक्तजन तथा छोक्पाको सदस्यहरु उपास्थित सो पुजाका 'छे-च्यु लावा'द्वाय सोलुखुम्बु कुरिमा चित्रे(हाल कपन निवासी) श्री ल्हाक्पा शेर्पा तथा ऐ सोताङ धोत्रे निवासी श्री पासाङ शेर्पाको थियो भने अब आउने 'पे धा ङिवा ' को छे च्यु सोहि जिल्लाको कुरिमा निवासी (हाल लाजिमपाट खुर्सानीटार) निवासी श्री पाल फिन्जो शेर्पा (फुर्ल्हमीबाबु) को रहेको थाहा भएको छ। परम्परादेखि शेर्पा लगायतका अन्य बौद्धमार्गिहरुले मान्दै आएक यस छे च्यु पुजा सोलु जिल्ला सल्लेरी 'झ-स' गोम्पा सांग सम्बन्धित खोटाङ्ग्, भोजपुर, तेह्रा थुम,संखुवासभा लगायत अधिकांस सोलुबासी हरु जो काठमाणडौमा स्थाईरुपले बसोबास गर्नेहरुले एक सङगठन को स्थापना गरि बिगत एक दशक देखि यो कार्य गर्दै आएका छन। थप तस्बीरहरु हेर्न यहां क्लिक गर्नुहोस्

No comments:

Blog Archive